नेभिगेशन
समाचार

रामकुमार शर्माको खोसियो टिकट

जनकपुरधाम-नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले टिकट पाएको केही घण्टा नबित्दै टिकट खोसिएको छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट पार्टीले प्रदेशसभाका लागि टिकट दिएको थियो। तर सत्ता गठबन्धनमा भागबन्डा गर्दा उक्त क्षेत्र लोसपाको भागमा परेपछि शर्माको टिकट खोसिएको हो । महोत्तरी ३ (ख) बाट लोसपा नेतृ रानी शर्मा तिवारी चुनाव लड्ने भएकी छन् । २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रबाट रानी शर्मा नै विजयी भएकी थिइन् । यता टिकट खोसिएका माओवादी नेता शर्माले आफू कुनै पनि हालतमा चुनाव लड्ने अडान लिएका छन् । उनले भने, ‘पार्टीले आफूलाई टिकट दिएको छ, कोही आए पनि पछाडि हटदिनँ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार