नेभिगेशन
समाचार

रुपन्देही १ बाट घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी दिंदै

रुपन्देही–एमाले परित्याग गरेका नेता घनश्याम भुसालले प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिंदै छन् । उनलाई गठबन्धन दलको समर्थन रहेको छ । आज विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी भुसालले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही–१ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले जानकारी गराए । तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा रहेको पनि बताए । निर्वाचनपछि कुन दलमा जाने भन्नेबारे भने उनले केही खुलाएनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार