नेभिगेशन
समाचार

धनुषा ३ : अनिल झा 'इन', राजेन्द्र महतो 'आउट'

जनकपुरधाम–सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाएको छ । धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुवै जनाले आ–आफ्नै दाबी गरिरहेका थिए । तर गठबन्धनले झाको नाम टुंगो लगाएको हो । अब यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा उम्मेदवार जुली महतो र सत्तारूढ गठबन्धनको उम्मेदवार झाबीच प्रतिस्पर्धा हुनेछ । २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट महतो निर्वाचित भएका थिए । महतोलाई एमालेले अघोषित रूपमा पनि सघाएका थियो । महताले नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई पराजित गरेका थिए । २०७४ मा झा रौतहट–१ बाट निर्वाचित भएका थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार