नेभिगेशन
समाचार

मनोनयनपत्र दर्ता गर्दा के–के कागजात चाहिन्छ ?

काठमाडौं–मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र आज दर्ता हुँदैछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्यको लागि १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । यस्तै प्रदेश सभा सदस्यको लागि ५ हजार रुपैयाँ धरौटी राख्नु पर्छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट दिइएको छ भने कुनै उम्मेदवारको दुईवटा मनोनयनपत्र दाखिला भएको अवस्थामा एउटा मनोनयनपत्रको लागि मात्र धरौटी राख्नु पर्नेछ । उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । यसका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराउनुपर्छ । आइतबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र प्रदेशतर्फ ३३० सिटका लागि उम्मेदवारी दर्ता हुँदैछ । मनोनयनपत्र दर्ता गर्दा चाहिने कागजात -उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि -मतदाता नामावलीमा नाम समावेश भएको निस्सा -प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता -नामावलीमा नाम रहेको निस्सा -स्वघोषणा -दलको उम्मेदवारको हकमा सम्बन्धित दलको औपचारिक पत्र -धरौटी जम्मा गरेको नगदी रसिद वा बैङक भौचर उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम -उम्मेदवारको वैयक्तिक विवरण
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार