नेभिगेशन
समाचार

ललितपुर–३ मा माओवादी केन्द्रबाट पम्फा भुसाललाई टिकट

काठमाडौं–नेकपा (माओवादी केन्द्र)ले उपमहासचिव पम्फा भुसाललाई ललितपुर क्षेत्र नम्बर–३ को टिकट दिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको उक्त क्षेत्रमा भुसाल उम्मेदवारी बन्न लागेकी हुन् । उनको मनोनयन पत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रसहित नेपाल समाजवादी पार्टीले समेत साथ दिएको उल्लेख छ । बाम–लोकतान्त्रिक गठबन्धनबाट आफूले उम्मेदवारी दिन लागेको भुसालले जानकारी दिइन् । २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा चुनावमा भुसालले ललितपुरबाटै प्रत्यक्ष निर्वाचन जितेकी थिइन् । भुसाल हाल उर्जा मन्त्री छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार