नेभिगेशन
समाचार

काठमाडौँ २ मा माओवादीबाट गठबन्धनकी उम्मेदवार पूर्व सभामुख घर्ती

काठमाडौँ – गठबन्धनको तर्फबाट काठमाडौँ २ मा ओनसरी घर्तीले टिकट पाएकी छन् । पूर्व सभामुख समेत रहेकी माओवादी नेतृ घर्तीलाई माओवादीले काठमाडौँ २ बाट उठाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा भएको भागबन्डामा माओवादीले काठमाडौँ २ र ९ लिएको थियो । काठमाडौँ २ मा ओनसरी घर्तीले टिकट पाएपछि उनी सँगै टिकटको दौडमा रहेका कृष्णराज सुवेदी काठमाडौँ ९ पाउलान् की काठमाडौँ ९ मा माओवादीले कसलाई टिकट दिन्छ हेर्न बाँकी छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार