नेभिगेशन
समाचार

रविले चितवन २ बाट चुनाब लड्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नं. २ रोजेका छन् । यस अघि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड उठ्ने क्षेत्र नं. ३ मा उठ्न सक्ने बताएका रविले अन्ततः क्षेत्र नं. २ रोजेका हुन् । प्रचण्डले गोर्खा रोजेपछि रविले क्षेत्र नं. २ रोजेको बताइएको छ । उनको टीम उम्मेदवारी दर्ता गर्नका लागि चितवन पुगिसकेको छ । काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार