नेभिगेशन
समाचार

माेरङ २ मा काँग्रेसबाट सुजाताले पाइन टिकट

काठमाडौँ – नेपाली कांग्रेसले मोरङबाट सुजाता कोइरालालाई प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको छ । २०७४ सालमा मोरङ क्षेत्र नं. २ बाट कांग्रेस नेता मिनेन्द्र रिजालले जितेका थिए ।अहिलेको निर्वाचनमा भने उनी टिक पाउनबाट बञ्चित भएका हुन् । शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार