नेभिगेशन
समाचार

लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने

काठमाडौँ— सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले प्रतिनिधिसभाका ८ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ । शनिबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको छलफलले लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति जुटाएको हो । कुन-कुन क्षेत्र लिने भनेर अझै छलफल जारी रहेको छ । गठबन्धनमा लोसपासहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएको थियो । लोसपालाई ८ सिटमा मनाएपछि कांग्रेसको भागमा ९० सिट परेको छ । गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट लिएर सहमति भइसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार