नेभिगेशन
समाचार

कर्णालीबाट यी हुन् माओवादीका उम्मेदवार

सुर्खेत–नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा पाएको छ । प्रदेश सभाका २४ सिटमध्ये माओवादीको भागमा ९ सिट परेको छ । प्रतिनिधिसभातर्फ रुकुम पश्चिम–जनार्दन शर्मा जाजरकोट–शक्तिबहादुर बस्नेत कालिकोट–महेन्द्रबहादुर शाही जुम्ला–गोमा कुँवर हुम्ला–छिरिङ डम्डोल लामा (कार्चेन) प्रदेशसभातर्फ रुकुम पश्चिम (क)–महेन्द्र केसी रुकुम पश्चिम (ख)–राजकुमार शर्मा सुर्खेत–१ (ख)–कृष्णबहादुर जिसी (जितेन्द्र) सुर्खेत–२ (ख)–बिन्दमान विष्ट दैलेख–२ (ख)–उपेन्द्रकुमार रावत ‘सुशील’ कालिकोट (क)–दुर्गा रावत डोल्पा (ख)–वीरबहादुर शाही हुम्ला (क)–रणसिङ परियार सल्यान (क)–भीमप्रकाश शर्मा मुगु (ख)–मंगल शाही
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार