नेभिगेशन
समाचार

भीम रावलले टिकट नपाएपछि एमाले अछाममा विद्रोह

काठमाडौं–नेकपा (एमाले) ले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि स्थानीय ४० जना नेताले सामूहिक राजीनामा दिएका छन् । क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहसहित ४० जनाले एमाले जिल्ला कमिटी अछामलाई सम्बोधन गर्दै पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा ३१ जिल्ला कमिटी सदस्य र अन्य मुख्य भूमिकामा रहेका ९ सहित ४० जना रहेका छन् । रावलले अछाम १ मा टिकट नपाएपछि त्यसको असर अछाम २ मा पनि देखिएको छ । अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनीहरुले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरे पनि केन्द्रले नमानेपछि विद्रोह गर्नुपरेको उल्लेख छ । केन्द्रले माओवादीबाट आएका झपट बोहोरालाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने उनीहरुले उल्लेख गरेका छन् । रावलको नाम काटेर एमालेले क्षेत्र नं.१ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ । त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार