नेभिगेशन
समाचार

बडुले टिकट पाएपछि कांग्रेस दार्चुलामा खटपट सुरु

दार्चुला– उद्योग वाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडुलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेपछि नेपाली कांग्रेस दार्चुलामा खटपट सुरु भएको छ । शुक्रबार राति नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले दार्चुलाबाट प्रतिनिधिसभामा संस्थापन इतरका नेता बडुलाई उम्मेदवार बनाउने निर्णय गरेपछि खटपट सुरु भएको हो । बडुलाई उम्मेदवार बनाउने निर्णयपछि कांग्रेस दार्चुलाका पूर्व जिल्ला सचिव गौरीशंकर गिरीले पार्टी छोडेको घोषणा गरेका छन् । उनले टिकट वितरणमा असहमति जनाउँदै आफू कांग्रेस (बीपी) मा प्रवेश गरेको जनाएका छन् । प्रतिनिधि सभा उम्मेदवारका लागि दार्चुलाबाट उनको नाम पनि सिफारिस भएको थियो । तर, कांग्रेसले बडुलाई टिकट दिएपछि गिरी रुष्ट भएका हुन् । विगतदेखि यस्तै उनले पार्टीमा कामको मूल्यांकन नभएको र नेतृत्व असक्षम देखिएको भन्दै पार्टी छाडेको बताए । १० वर्षसम्म जिल्ला सचिव रहेका गिरी पटक–पटक दार्चुलाबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए । कुनै बेला बडूका अनिष्टमा गनिने गिरीले चुनावको मुखमै पार्टी परित्याग गरेका हुन् । गठबन्धनमा संघतर्फ बडू र प्रदेश सभामा १÷१ सिट कांग्रेस र माओवादीले बाँड्ने भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार