नेभिगेशन
समाचार

भीम रावललाई टिकट नदिएपछि एमालेमा पोखिदैंछ आक्रोश, क्षेत्रीय समन्वय कमिटी संयोजकले दिए राजीनामा

काठमाडौं–नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् । शाहले आज एक पत्रमार्फत पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । क्षेत्रीय समन्वय कमिटीले सर्वसम्मत रूपमा रावलको एकल नाम सिफारिस गर्दा पनि केन्द्रबाट विकल्प खोज्ने निर्णय भएकोप्रति उनले दुःख प्यक्त गरेका छन् । एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी बैठकले रावललाई अछाम–१ बाट प्रतिनिधिसभाको उमेदवार बनाउने निर्णय गरेको थियो । तर, एमालेले रावलको ठाउँमा झपट बोहोरालाई टिकट दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार