नेभिगेशन
समाचार

सभामुख सापकोटा प्रतिनिधिसभा चुनाव नलड्ने

काठमाडौँ–सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले आगामी मंसिर ४ गते हुन लागेको चुनाव नलड्ने घोषणा गरेका हुन् । उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट विजयी भएका थिए । उनले युवाहरुलाई अघि बढाएर नेतृत्व विकास गर्न आफूले चुनावमा नउठ्ने घोषणा गरेको बताएका छन् । सभामुखले उक्त क्षेत्रबाट चुनाव नलड्ने भएपछि माओवादी नेता माधव सापकोटा उम्मेदवार बन्ने निश्चित भएको छ । उम्मेदवार नबन्ने भएपछि अब अर्का साभमुख नआएसम्म उनको पद कायमै रहनेछ । तर उनले यो अदालतको विषय भएकोले अहिले टिप्पणी नगर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार