नेभिगेशन
समाचार

एमाले र जसपाबीच १७ सिटमा सहमति (सूचीसहित)

काठमाडौं-प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्न नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच सहमति भएको छ । तालमेल गर्ने सहमति पछि दुवै पार्टीले सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ । सहमतिअनुसार प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट र लुम्बिनी प्रदेशमा एक सिटमा तालमेल गर्ने सहमति भएको हो । बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ । जसपाले मोरङ क्षेत्र ५, सुनसरी क्षेत्र १, मधेस प्रदेशअन्तर्गत सप्तरीको १, २ र ४, सिरहाको २ र ४, धनुषाको १, महोत्तरीको ३ र ४, सर्लाहीको १ र ४, रौतहटको २, बाराको २, पर्साको १ र २ र रुपन्देहीको ४ मा चुनावी तालमेल गर्ने भएको हो । त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ४ सिट, मधेस प्रदेशमा ३२ सिट, लुम्बिनीमा ५ सिट र सूदुरपश्चिम प्रदेशमा १ सिटमा तालमेल गर्ने सहमति भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार