नेभिगेशन
समाचार

बाबुरामले किन दिए प्रचण्डलाई शुभकामना ?

काठमाडौं–माओवादी केन्द्रले गोरखा–२ बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाउने निर्णयलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले स्वागत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बन्ने निर्णयको भट्टराईले स्वागत गरेका हुन् । प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने निर्णय गरेसँगै ट्वीट गर्दै भट्टराईले अन्तहृदयदेखि नै स्वागत गर्ने बताएका छन् । उनले प्रचण्डलाई शानदार जीतको शुभकामना पनि दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार