नेभिगेशन
समाचार

अर्थशास्त्री विश्व पौडेल चितवन-१ बाट चुनाव लड्ने

काठमाडौँ–प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले चितवन-१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री विश्व पौडेललाई उठाउने भएको छ । उनी योजना आयोगबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । चितवन-१ मा कांग्रेसका अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि आकांक्षा राखे पनि उनी त्यहाँबाट आउट भएका छन् । त्यस्तै, गठबन्धनबाट कांग्रेसकै भागमा परेको चिवतन-२ मा राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट पाएका छन् । उनी देउवाका विश्वास पात्र हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नउठे पनि चिवतन-३ माओवादीकै भागमा परेको छ । माओवादीले त्यहाँ कसलाई उम्मेदवार बनाउँछ भन्ने टुंगो लागि सकेको छैन ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार