भियतनामसँग हारेपछि अंकबिहीन बन्दै नेपाल बाहिरियो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ । शुक्रवार राति नेपाल भियतनामसँग ५–० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे । छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० गोलले पराजित भएको थियो । यता, भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० ले हराएको थियो । समूह ‘एफ’ मा भियतनाम ६ अङ्कसहित शीर्ष स्थानमा छ । यता, थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । नेपाल भने अङ्कविहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२०
प्रतिक्रिया दिनुहोस्