नेभिगेशन
खेलकुद

सन्दीप लामिछाने भोलि बिहान नेपाल आइपुग्दै

काठमाडौँ– नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले बिहीबार नेपाल आइपुग्दै छन् । उनी भोलि अर्थात् असोज २० गते बिहान १० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं पुग्ने भएका हुन् । लामिछानेले विमानस्थलमा प्रहरी समक्ष आफूलाई आत्मसमर्पण गर्ने बताइएको छ । केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्ट्याटस लेख्दै लामिछानेले ठूलो आशा र शक्तिका साथ नेपाल आउन लागेको र आफू विरुद्धको आरोप विरुद्ध कानुनी लडाई लड्ने उल्लेख गरेका थिए । २१ भदौमा सन्दीपविरुद्ध एक नाबालिगले आफूलाई बारम्बार बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद