नेभिगेशन
समाचार

प्रचण्डलाई चितवनबाटै चुनाव लड्न चितवन कांग्रेस सहितका ५ दलीय गठबन्धनको अपील

भरतपुर– पाँच दलीय गठबन्धन चितवनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार नबन्न अपील गरेको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेपछि प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बन्ने चर्चा चलेको थियो । सत्तागठबन्धनका चितवनमा क्रियाशिल दलहरुको आज  बसेको बैठकले चितवनलाई अभिभावकीय भूमिक निर्वाह गरिदिन प्रचण्डलाई आग्रह गर्दै चितवनबाटै चुनाव लड्न आग्रह गरेको छ । कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बनाउन सबै दलहरु प्रतिवद्ध बनेको जानकारी दिनुभयो । “चितवन क्षेत्र नम्बर ३ मा कुनै विवाद छैन”, उनले भने, “संघीय र प्रदेश उम्मेदवार को–कसलाई बनाउने भन्नेबारे समझदारी बनिसकेको छ, मनोनयनकै दिन सार्वजनिक हुनेछ ।” नेपाली कांग्रेस चितवनका सभापति तथा पाँच दलीय गठबन्धन चितवनका संयोजक राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, एकिकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने लब्ली, जनता समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेमराज भुजेल, एकिकृत समाजवादी नेता तथा प्रदेश मन्त्री कृष्णप्रसाद खनाल, माओवादी केन्द्रीय नेताहरु घनश्याम दाहाल, सूर्य सुवेदी पथीक, ज्ञानु बस्नेत सुवेदी लगायतका नेताहरुको बैठकले प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न आव्हान गरेको छ । सो बैठकमा कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, शालिग्राम शर्मा पौडेल, सचिव सूर्य अर्याल, धुर्वराज पोखरेल, सहसचिव गोपाल दराई, जिल्ला प्रवक्ता अनमोल अधिकारी सहभागि भएका िथए । असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन उत्साहपूर्वक गरिने निर्णय समेत भएको कांग्रेस जिल्ला प्रवक्ता अधिकारीले जानकारी दिए । केन्द्रीय पाँच दलीय गठबन्धनले गर्ने निर्णय पालना गर्न तयार भएको बताए । चितवनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका ६ जना नेता, संघीय मन्त्री भएका २ जना र प्रदेश मन्त्री २ जना भने बैठकमा सहभागि थिएनन् । कांग्रेसको असन्तुष्ट समूहले चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसकै उम्मेदवार बन्नुपर्ने अडान लिदै आइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार