नेभिगेशन
समाचार

समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ–आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृतमध्ये २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेका हुन् । उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको निर्वाचन आयोगको समानुपातिक निर्वाचन हेर्ने प्रवक्ता गुरु वाग्लेले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी फिर्ता लिएकामध्ये प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १÷१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिएको थियो ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार