नेभिगेशन
समाचार

गणतान्त्रिक व्यवस्थामाथि कालो बादल मडारिएको छ : रामचन्द्र पौडेल

काठमाडौँ –नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतान्त्रिक व्यवस्थामाथि संकटको बादल मडारिएको अनुभूति भएको बताएका छन् । दसैँको अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको बताएका हुन् । व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताउँदै उनले व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको र पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने भएको उनको भनाइ छ । उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् । मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको उनको भनाइ छ । उनले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावका जाने बताएका छन् । संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने उनको भनाइ छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार