नेभिगेशन
समाचार

काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक, समानुपातिक सूची सच्याउने तयारी

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ ।
नेपाली काँग्रेसमा संस्थापन र इतर पक्षबिच उम्मेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्बोधन गर्नका लागि बैठक बसेको हो ।
संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्बोधन नगरी संशोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ ।
संस्थापन पक्षले भने कोइराला समूहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सुची बुझाएको दाबी गर्दै सहमतिमा आउन आग्रह गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार