नेभिगेशन
समाचार

एमाले धनुषाका नेता यादवले गरे पार्टी परित्याग

जनकपुरधाम– धनुषाका एमाले नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले साधारण सदस्यसमेत नरहने गरी एमाले त्याग गरेको बताए । धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेले उनको एकल नाम सिफारिस गरेको थियो । सोही क्षेत्रका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता उमाशंकर अरगरिया शनिबार एमाले प्रवेश गरेका थिए । अगरियाको प्रवेशसँगै टिकट पाउने सम्भावना नदेखेपछि यादवले एमाले त्याग गरेका हुन् । यद्यपि, उनले हाल कुनै पार्टीमा प्रवेश गर्ने निर्णय नगरेको बताए । तर, जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपाका अधिकांश नेता सहभागी भएका थिए । उनीहरूले नै पत्रकार सम्मेलन आयोजनासमेत गरेका थिए । उनी जसपामा प्रवेश गर्ने सम्भावना देखिन्छ । उनी ३० वर्षदेखि एमालेमा आबद्ध थिए । पार्टीले पटकपटक आफूविरुद्ध षड्यन्त्र गरेको उनको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार