नेभिगेशन
समाचार

गठबन्धनमा प्रदेशसभाबारे छलफल

काठमाडौँ– सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठकमा छलफल जारी छ । प्रतिनिधिसभातर्फ सिट बाँडफाँटको विषय शीर्ष नेताहरू समेतको छलफलपछि लगभग सहमतिको नजिक पुगिसेको छ भने गठबन्धन कार्यदलको आजको बैठकमा प्रदेशसभा सदस्यको सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा कार्यदलले प्रदेशसभाको बाँडफाँटमा खाका तयार गर्ने र चुनावी तालमेललाई अन्तिम रूप दिने गरी काम भइरहेको कार्यदलको कार्यालय सचिव केशवराज जोशीले रेडियो नेपाललाई जानकारी दिए । कार्यदलले प्रदेशसभाका बारेमा खाका बनाएपछि प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फको सिट बाँडफाँट र निर्वाचन क्षेत्रबारे अन्तिम रूप दिइने पनि सचिव जोशीले बताए। सत्ता गठबन्धन दलले गत साउन २० गते  चुनावी तालमेल गर्ने सहमति गरेपछि सिट बाँडफाँट र निर्वाचन क्षेत्रका बारेमा निरन्तर रुपमा छलफल गर्दै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार