नेभिगेशन
समाचार

कांग्रेस नेता सिंहद्वारा डेंगु नियन्त्रणका लागि सरकारकाे ध्यानाकर्षण

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेंगु नियन्त्रणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । निर्वाचन नजिक भएकाले जनस्तरमा अनुभुत हुने गरि काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न नेता हिसंहले आग्रह गरेका छन् । बिरामीले सिटामोल पनि भनेको समयमा पाइदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर भन्दै स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न सिंहको आग्रह छ । काठमाडाैँ उपत्यका लगायत देशभर डेंगुकाे बढ्दाे प्रकाेप रहेकाे छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार