नेभिगेशन
समाचार

ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

जनकपुर– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया लगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुन: जनकपुर पुगेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार