नेभिगेशन
समाचार

बारामा ४ लाख ३३ हजार मतदाता

बारा– अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बारामा ४ लाख ३३ हजार ५ सय ४ जना मतदाताले भाग लिने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको ४ वटा निर्वाचन क्षेत्र समेत गरि पुरुष २ लाख ३६ हजार ८ सय ८० जना, महिला १ लाख ९६ हजार ६ सय १२ र अन्य १२ जना गरि कुल ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो । ३ सय ५ मतदान स्थल, ५ सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । जस अन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ६३ हजार ४ सय ६४, महिला ५५ हजार ९ सय ६ र अन्य ५ जना समेत गरि १ लाख १९ हजार ३ सय ७५ मतदाताहरूका लागि ८६ मतदान स्थल, १ सय ५५ मतदान केन्द्र रहेको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा पुरुष ५८ हजार ७ सय ४२, महिला ४४ हजार २ सय ६९ समेत गरि १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदान स्थल, १ सय ३६ मतदान केन्द्र तोकिएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा पुरुष ५६ हजार ५ सय २३ जना, महिला ४६ हजार ६ सय २५ र अन्य १ गरि जम्मा १ लाख ३ हजार १ सय ४८ जना मतदाताका लागि ७६ मतदान स्थल र १ सय ३३ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ४ मा पुरुष ५८ हजार १ सय ५२ मतदाता, महिला ४७ हजार ८ सय १२ र अन्य ६ जना गरि जम्मा १ लाख ५ हजार ९ सय मतदाता रहेकोमा ६१ मतदान स्थल र १ सय ३२ मतदान केन्द्र तोकिएको छ । २०७४ साल मङ्सिर २१ गतेमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ३ लाख ४९ हजार ९ सय ४६ मतदाताहरूका लागि ३ सय ३ मतदान स्थलको व्यवस्था गरिएको थियो । निर्वाचन क्षेत्र नम्बर १ मा ९६ हजार १ सय ४६ मतदाताका लागि ८४ मतदान स्थल, २ मा कुल ८३ हजार ५ सय २४ मतदाताका लागि ८२ मतदान स्थल, निर्वाचन क्षेत्र नम्बर ३ मा ८४ हजार ६ सय ६९ मतदाताका लागि ७६ मतदान स्थल र निर्वाचन क्षेत्र नम्बर ४ मा जम्मा ८५ हजार ६सय ७ मतदाताका लागि ६१ मतदान स्थलको व्यवस्था निर्वाचन कार्यालयले गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार