नेभिगेशन
समाचार

लोसपा सचेतक अरगरिया एमालेमा

जनकपुरधाम–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छ्न् । पार्टी नेतृत्व प्रति असन्तुष्ट जनाउँदै अरगरिया एमालेमा प्रवेश गरेका हुन् । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम अध्यक्ष केपी ओलीले अरगरियालाई पार्टीमा स्वागत गरे । अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले केही समययता एमालेमा प्रवेश गर्ने तय भइसकेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार