नेभिगेशन
खेलकुद

प्रथम छिन्ताङदेवी कप भलिबल प्रतियोगिताको उपाधि हतुवागढी गाउँपालिकालाई

धनकुटा–  छिन्ताङदेवी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाउँपालिका–३ मा भएको प्रथम छिन्ताङदेवी कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी गाउँपालिकाले हाँसिल गरेको छ । उँधौली उभौलि तथा भदौरे पूर्णिमाको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आमचोक गाउँपालिकासँग फाइनलमा भिडेको हतुवागढीले वेष्ट अफ फाईभमा भएको खेलमा तीन खेल जित्दै नगद एक लाख पुरस्कार प्राप्त गरेको छ भने दोस्रो भएको आमचोक गाउँपालिकाले ५० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आठ वडा टिमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै