नेभिगेशन
विश्व

सिरियामा भएको रुसी सेनाको कारबाहीमा १२० विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाकु मारिएका छन्।

सो समूह अल कायदा आतंककारी समूहसँग आबद्ध रहेको बताइएको छ। सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकुहरूले हिंसा मच्चाइरहेका छन्।

तिनै समूहका लडाकुहरूलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो। सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो।

बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए। त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरू पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकुहरू मारिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व