नेभिगेशन
खेलकुद

सन्दीपका विषयमा निर्णय लिन क्यानमा छलफल

काठमाडौं–राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि सन्दीपका विषयमा नेपाल क्रिकेट संघ(क्यान)ले अनौपचारिक छलफल थालेको छ । क्यानले बैठकबाट सन्दीपबारे निर्णय लिनेछ । सन्दीपविरुद्ध बलात्कार जस्तो गम्भीर प्रकृतिको उजुरी दर्ता भएपछि उनलाई टिममा राखिरहने वा निलम्बन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ । क्यान अध्यक्ष चतुरबहादुर चन्द कामको सिलसिलामा उपत्यका बाहिर भएकाले उनी आएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यको बैठक बसेर निर्णय गर्नेछ । त्यसअघि क्यानका पदाधिकारीले अनौपचारिक छलफल गरेका छन् । क्यानले कानूनी सल्लाहकारमार्फत यस्तो मामिलामा अन्तर्राष्ट्रिय अभ्यास के छ भन्ने विषयमा पनि कानूनी सल्लाहकारमार्फत अध्ययन गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद