नेभिगेशन
खेलकुद

भुटानविरुद्ध नेपाल १–० ले अघि

काठमाडाैँ–   साफ महिला च्याम्पियनसिपअन्तर्गत अहिले दशरथ रंगशालामा भइरहेको उद्घाटन खेलमा नेपालकी सावित्रा भण्डारी साम्बाले भुटानविरुद्ध गोल गरेकी छिन्। खेल सुरु भएको १२औँ मिनेटमा उनले गोल गरेकी हुन्। लामो समय चोटका कारण खेल्न नसकेकी उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी हुन्। भुटानको किपर बिट भएको मौकाको फाइदा उठाउँदै साम्बाले गोल गरेपछि नेपालले १–० ले अग्रता लिएको छ। साफमा भुटानले नेपाललाई अहिलेसम्म गोल गर्न सकेको छैन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद