नेभिगेशन
जीवनयापन

अवैध लागुऔषधसहित १५ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले ठूलो परिणाममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै ब्यूरोले करिब ३० लाख बराबरको लागुऔषधसहित विभिन्न ठाउँबाट पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुको साथबाट खैरो हेरोइन, एम्पुललगायत लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ललितपुर च्यासलका २७ वर्षीय कुमार तामाङ, ललितपुरकै २९ वर्षीय अनिस महर्जन र २७ वर्षीय धरमदेव रामलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुले लागुऔषध एम्पुलको कारोबार गरेको आरोप लगाएको छ। त्यसैगरी प्रहरीले ललितपुरकै ३३ वार्षीय प्रताप कार्की, पाँचथरका २४ वर्षीय भुवन विक र २५ वर्षीय देङ्गहाङ्ग नेम्बाङलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध खैरो हेरोइन बरामद गरेको छ। सँगै प्रहरीले काठमाडौं गोकर्णेश्वर ९ को माकलबारीबाट काठमाडौंकै २५ वर्षीय उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पा, भोजपुरका फुर्लामी शेर्पा, झापाका ३० वर्षीय अप्सरा खातु भनिने अप्सरा राजवंशीलाई प्रहरीले लागुऔषध र नगदसहित पक्राउ गरेको हो। त्यसैगरी प्रहरीले काभ्रेपलाञ्चोकका २८ वर्षीय मनोज राई, काठमाडौंका ३० वार्षीय अंकितकुमार श्रेष्ठ र काठमाडौंकै ३० वर्षीय राहुल क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। प्रहरीले उनीहरुको साथबाट २७५ ग्रामको खैरो हेरोइन बरामबद गरेको छ। जसको बजार मूल्य २६ लाख ७५ हजार रहेको प्रहरीले बताएको छ। प्रहरीले ५० हजारको एम्पुल, ७४ हजारको गाँजासहित कुल २९ लाख ९९ हजार मूल्य बराबरको लागुऔषध बराबद गरेको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै