नेभिगेशन
जीवनयापन

गुल्मीमा करेन्ट लागेर ४२ वर्षिय रानाको ज्यान गयो

गुल्मी– गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए । मंगलवार बिहान रानालाई आफनै घरको छडमा पास भएको करेन्ट लागि २ तला माथिबाट खसेर घाइते भएका थिए । घाइतेको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै