केन्याविरुद्ध क्लिन स्विपको योजनामा नेपाल

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–नेपालले आज घरेलु टोली केन्याविरुद्ध एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल खेल्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२ः१५ देखि सुरु हुने खेलमा केन्याविरुद्ध नेपाल क्लिन स्विप गर्ने योजनामा छ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि छ । यसअघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउने प्रयासमा छ । यसअघि नेपाल ७ विकेट तथा १७ रनले विजयी भएको थियो । केन्या भने सान्तवना जीतको लागि लालयित छ । नेपालले यसअघि केन्याविरुद्ध ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३२
प्रतिक्रिया दिनुहोस्