नेभिगेशन
जीवनयापन

सिद्धार्थ राजमार्ग भाँसिदा पाल्पा बुटवल सडक अवरुद्ध

पाल्पा– सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिको हिउँदे खोलामा सडक भाँसिदा पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ । हिउँदे खोला नजिकै करिब ५० मिटर सडक भाँसिदा आज दिउँसो साढे ४ बजेदेखि यातायात समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक भाँसिएर सिद्धार्थ राजमार्गमा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । सडक डिभिजन कार्यालयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । सडक खुलाउने प्रयास जारी रहेपनि सडक खुलाउन केही समय लाग्ने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुए । सडक अवरुद्ध हुँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय