नेभिगेशन
जीवनयापन

दोलखामा देखिए तीन जना डेङ्गुका बिरामी

दोलखा– दोलखा जिल्लामा पनि तीन जना डेङ्गु सङ्क्रमणका बिरामी भेटिएका छन् । सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति प्रदेश अस्पतालमा उपचारका लागि आएका तीन जना बिरामीमा डेङ्गु संक्रमण पुष्टि भएको अस्पतालका एमडिजिपि डा विनोद दंगालले बताए । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर – ७ का एक महिला, एक पुरुष र एक बच्चा गरी तीन जनामा डेङ्गु संक्रमण पुष्टि भएको डा दंगालले जानकारी दिए । डेङ्गु संक्रमण पुष्टि भएको तीनै जनालाई अस्पतालमै राखेर उपचार भइरहेको पनि उहाँले बताउनुभयो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गु सङ्क्रमणका सुरुआती लक्षण हुने डा दंगाल बताँछन् । लामखुट्टेका कारण डेङ्गु संक्रमण हुने भएकोले घरको सरसफाईमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय