नेभिगेशन
जीवनयापन

दोहोरिएका तथा मृत्यु भएका मतदाताहरूको नामावली हटाउन माग

भैरहवा– नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाहरूको विवरण हटाउन माग गरेको छ । रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावली समेत मतदाता नामावलीमा भएको भन्दै ती नामावलीबाट नामहरू हटाउन माग गर्दै नेकपा एमालेले आज जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ । “रुपन्देही जिल्लाका बुटवल उप महानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ठूलो सङ्ख्यामा मतदाता नामावली दोहोरिएको पाइएकोले सो सम्बन्धमा निर्वाचन कार्यालयलाई नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै त्यस्ता दोहोरिएका नामावली तत्काल हटाउन जोडदार माग गर्दछौँ ।” नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष किशन ज्ञवालीले बुटवलमा ८ सय २ जना, तिलोत्तमामा २ सय ९० जना, सैनामैनामा ३ सय ३८ जना र देवदहमा ९२ जनाको मतदाता नामावली दोहोरिएको देखिएको पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय