नेभिगेशन
जीवनयापन

ओली भेट्न शेखर कोइराला बालकोटमा

काठमाडौँ – सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्न सकस परिरहेका बेला कांग्रेस नेता शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। गठबन्धनका कारण आफ्नो पक्षलाई टिकट वितरणमा बाइपास गर्ने सक्न भन्दै सशंकित हुँदै आएको कोइराला पक्षले एमालेसँग पनि संवाद जारी रोखको छ। कांग्रेस संस्थापन पक्षले गठबन्धनका नाउमा आफ्नो पक्षलाई कमजोर पार्न सक्ने आँकलनसहित कोइराला पक्षले एमालेसँग मिल्ने रणनीति अवलम्बन गरेको चर्चा सुरु हुन थालेको छ। अध्यक्ष ओली र कोइरालाबीच आउँदो चुनावमा कसरी जान सकिन्छ भन्नेबारे कुराकानी भएको निकटस्थ नेताहरुको दाबी छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय