नेभिगेशन
जीवनयापन

भीरबाट लडेर सल्यानमा एक बालिकाको मृत्यु

सल्यान– सल्यानमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका – १ आपचौर निवासी १५ वर्षीया रुपा पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार साँझ करिब ६ बजेतिर घर नजिकै घाँस काट्न गएकोमा अबेरसम्म पनि घर नफर्किएपछि खोजी कार्य गर्ने क्रममा आज दिउँसो घरदेखि करिब १ किलोमिटर टाढा रहेको झालेपहर भीरमा पुलामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । भीरबाट करिब ५० मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। मृतक पुलामीको पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय