नेभिगेशन
जीवनयापन

विधायन व्यवस्थापन समितिले नागरिकता विधेयक राष्ट्रियसभामा पेश

काठमाडौँ– विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेयष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता बिधेयक सम्बन्धी प्रतिवेदन पेश गरेका हुन् । समितिमा उक्त बिधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो । बिधेयकमा सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानून मन्त्रालय लगाएत सवै सरोकारवालाहरुसंग छलफल गरेको मिश्रले जानकारी दिए । त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय