नेभिगेशन
जीवनयापन

जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाए

काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोश्रो दिन बयान दिने क्रममा उहाले महाभियोगमा प्रस्तावक रहेका सांसद छानविन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका हुन् । त्यस्तै उहाले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताऐ । बिहीबार जवरामाथि दुईवटा प्रश्न सोधिएको थियो । समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिऐ । उहाले प्रश्नको जवाफ जवराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए । मंसिर ४ गते चूनाव रहेकाले त्यसअघि नै सवै प्रक्रिया पुरा हुने उनको भनाई छ । छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नंवरको प्रश्न सोधिएको बताएो । वयानका क्रममा जबराले आफ्नो बचाउको लागि राखेका बिषयलाई समितिले स्वभाविक रुपमा लिएको उनले बताए । त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएको धारणा राखिन् । संविधान अनुसार नै समिति गठन भएको र सदस्यहरु रहेको आफुहरु.. समितिले जवरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय