नेभिगेशन
मनोरञ्जन

कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौँ — नेवार समुदायको कला, संस्कृति, लजवलाई व्यंग्य गरेको भन्दै स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीका अनुसार सिंहलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ । सिंहले युट्युब च्यानल ‘कमेडी क्याफे’ मा राखेको एक भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो । भिडियो सार्वजनिक भएपछि नेवार समुदायका व्यक्तिहरू आक्रोशित हुँदै प्रहरीमा उजुरी दिएका थिए । । सिंहले भने माफी माग्दै युट्युबबाट भिडियो हटाइसकेका छन् । सिंहविरुद्ध शुक्रबार उजुरी परेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना