नेभिगेशन
मनोरञ्जन

हाँस्य कलाकार मनोज गजुरेलले राखे ‘मुटु दुख्ने समाचार!’

काठमाडौं– डा. रामेश कोइराला अमेरिका पलायन भएको विषयमा हाँस्य कलाकार मनोज गजुरेल दुखी भएका छन्।

उनले सामाजिक सञ्जालमा विहीबार स्ट्याटस लेखेर दुखी भएको जनाएका छन्। 
उनी लेख्छन्– 
मुटु दुख्ने समाचार !

डा. रामेश कोईरालाको ‘राजिनामा’सँग यो यथार्थ कति मेल खान्छ कुन्नी तर सरकारी संस्थाहरुमा पेशागत दक्षताभन्दा राजनैतिक प्रभाव, दवाव र भागबन्डाले काम गर्दछ, यो देशको तितो यथार्थ हो । राजिनामाको कारण नीजि वा राजनैतिक, जे भएपनि देशकालागि उहाँहरुजस्ता प्रतिभा निस्क्रिय बस्नु निकै दुःखद कुरा हो । आशा गरौँ, उहाँ चाँडै सेवामा फर्किनुहुनेछ ।
Screenshot-2025-08-14-112940-1755150708.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन