नेभिगेशन
मनोरञ्जन

मिलिक्क आई झिलिक्क देखिएर गायब भएका सिनेमा बजारका हट तर फ्लपहरू

काठमाडौं– सिनेमा बजारमा आउने रहर कसलाई हुन्न? अझ अहिले त उधुमै मच्चाउनेगरी आउने प्रचलन चलेको छ।

तर हरेक चिजको एक्सपाइरी डेट भए जस्तै यस नगरीमा आएर बलियोगरी झन्डा गाड्न भने कमै मात्र अभिनेत्री सफल छन्।

झन् दशकअघिको कुरा गर्ने हो भने त मिलिक्क आउने, झिलिक्क देखिने त्यो पनि हट अवतारमा, अनि फ्लप भएपछि विदेश या पलायनमा जाने कम थिएनन्। 

उनीहरू मध्यका ९ जनाभन्दा बढीको यहाँ चर्चा गरिएको छ। सुमिना घिमिरे नेपाली फिल्ममा चलेको नाम थियो। सोझी भूमिकामा दुलही नामको फिल्मबाट आइन्। 

यो फिल्मले उनलाई पर्याप्त चर्चा दिलाएन। रातारात हिट हुने लोभमा अंग प्रदर्शनको बाटो रोजिन्। अनि उनी कामुक अवतार लिएर विभिन्न फिल्मको अभिनयमा सक्रिय भइन्। यसले उनलाई नाम हैन, बदनामी दियो। अन्ततः बाध्य भएर फिल्मवृत्तबाट अलग्गिनु परेको थियो। 

अंग प्रदर्शन गरेर चर्चा कमाउन खोज्न लालायित अधिकांश हिरोइन पलायन भएका छन्। 

खास गरी चपली हाइटको सफलतापछि यौनलाई प्राथमिकता दिई फिल्म निर्माण गर्ने क्रम ह्वात्तै बढ्यो। बोल्ड दृश्य दियो भने विनीता बरालजस्तै हिट भइन्छ भन्ने लहड चल्यो। 

तर विस्तारै बिनिता नै चलिनन् र उनी पनि परदेशतिर पलायन भइन्।

पलपलमाकी सुजाता सिटौलादेखि बिन्दासकी सुषमा कार्कीसम्म यही सूचीमा अटाउँछन्। सुष्मा कार्की पनि अहिले विदेशमा छिन्। उनले फिल्म पाउनका लागि हट, बोल्ड फोटोसूट गर्न थाले पनि काम लागेन। 

अझ फिल्म क्षेत्रमा अन्यसँगको उनको विवादले पनि पलायनवादी हुनका लागि बाध्य बनाएको ठानिन्छ। 

सुजाता सिटौला उकेश दाहाल निर्देशित फिल्म पलपलमामा उत्तेजक दृश्य दिएपछि  ध्यान तानियो। तर, रिलिजपश्चात् चौतर्फी आलोचना भएपछि यस क्षेत्रबाट नै हराइन्। 

अरुणिमा लामा र शशी खड्काको पनि अत्तोपत्तो छैन। अरुणिमाले यो फिल्ममा बेड सिन र  चुम्बनका दृश्य मात्र होइन, ब्याकलेस न्युड दृश्य पनि खिचाएर चर्चामा आउने कोशिश गरिन्। तर काम लागेन। 

किन–किनमा राज तिमिल्सिनासँग अधर चुम्बन गरेकी शशी पनि गुमनाम भइन्। त्यसअगाडि फिल्म चन्द्रावतीको नग्न दृश्यले पनि उनको छवि धमिलिएको थियो।

उनले सुजाता आफ्नै व्यवसाय, शशी अध्ययन र अरुणिमा दक्षिण  अफ्रिकामा व्यस्त भएकी थिइन्।

शशीजस्तै हिरो राजसँग अधर चुम्बन गरेर पलायन भएकी अर्की हिरोइन हुन्, सोनिया केसी। उनको अधर चुम्बनले सिलसिला र राजभाइ रिलिज हुनुअगाडि मात्र चर्चा बटुल्यो। 

ब्याच नम्बर १६ मा अर्पण थापासँग चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि सुषमा कार्की हट केक बनिन्। लगत्तै छोटा लुगा र उत्तेजक हाउभाउसहितको फोटो सुटले उनलाई थप चर्चा दिलायो।

उनी माथि उल्लेख गरे जस्तो पलायन हुन बाध्य भइन्।

बिन्दास–२ कै लागि अर्धनग्न फोटो खिचाएकी अनिशा गुरुङले पनि न सफलता पाइन्। आपत्तिजनक दृश्यलाई प्रश्रय दिएको भन्दै उनलाई सार्वजनिक स्थलमा बहिष्कार गर्नेसम्मका आवाज उठेपछि यो क्षेबाट उनी पलायन हुनु परेको थियो।

अनिशाभन्दा चर्को आलोचना खेपेका थिए, एटीएमका तीन हिरोइन जिया केसी, सविना कार्की र सोनिया शर्माले। फिल्म क्षेत्रमा सबिना र सोनियाको अत्तोपत्तो छैन, जियाचाहिँ अभिनेता भुवन केसीकी पत्नी भएका कारण बेलामौका नाम आउने गर्छ। तर सिनेमाबाट भने पलायन नै भइन्।

खेताला, लभ इज लाइफ, नाइट क्विनलगायत फिल्ममा उत्तेजक भूमिकामा देखिएकी मोनिका दाहाल, लभ यु म्यानकी प्रनिशा सिलवाल, अप्रिल फुल र जिगोलोकी महिमा सिलवाल, युजमा तातो दृश्य दिएकी सीमा केसीदेखि लकको दे खाइदिन्छु सबै कुरा पैसा तिरेपछि...’ बोलको गीतमा भद्दा डान्स गर्ने सम्झना प्याकुरेलसम्म फिल्मवृत्तबाट पाखा लागेका थिए। 

सिलवालको भने दुर्घटनामा ६ बर्षअघि निधन भएको थियो। धादिङको गजुरीमा भएको दुर्घटनामा सिलवालको मृत्यु भएको थियो।

सिलवाल चढेको बा९८प ७०५८ नम्बरको स्कुटरलाई लु२ख १३५ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो। 

फिल्म मिस नेपालको पोस्टरका लागि स्तनलाई माछाले छोपेर उत्तेजक फोटो सुट गराउने शुभेच्छा थापाको हालत पनि त्यस्तै बन्यो। विगतमा पनि नीलु रायमाझी, तुलसा सिलवाल, किरण डीसीजस्ता हिरोइनको छोटा लुगा लगाएर हिट हुने सपना पूरा भएको थिएन। एकाध फिल्मपश्चात् उनीहरू पनि गुमनाम बनेका थिए।

यसरी छोटो समयमा नै चर्चित हुने रहर बोकेकाहरु अहिले पलायन भएका छन्। केही दुर्घटनामा पनि परेका थिए। 
 

(इन्टरनेटमा भएका समाचार र सूचना लिएर अध्यावधिकसहित तयार रिपोर्ट हो। सम्पादक)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन