नेभिगेशन
विश्व

अदानी समूहको मिडियामा लगानी, एनडीटीभीको २९.१८ प्रतिशत सेयर किन्ने

नयाँ दिल्ली– अदानी समूहले भारतको प्रतिष्ठित मिडिया हाउस एनडीटीभीको हिस्सेदारी खरिद गर्ने बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अदानी समूहले अप्रत्यक्ष रूपमा नयाँ दिल्ली टेलिभिजन लिमिटेडको २९.१८ प्रतिशत सेयर खरिद गर्ने बताएको छ । यससँगै कम्पनीले २६ प्रतिशत सेयर खरिद गर्ने प्रस्ताव गरेको छ । अदानी समूहका अनुसार यो अफर ४ अर्ब ९३ करोड भारतीय रुपैयाँको हुनेछ । यसअघि अदानी समूहले विश्वप्रधान कमर्शियल प्राइभेट लिमिटेड लाई १ अर्ब १४ करोड रुपैयाँमा किनेको बताएको थियो। ख् एनडीटिभी भारतको एक प्रतिष्ठित मिडिया हाउस हो, जसले एनडीटिभी अग्रेसी , एनडीटिभी इण्डिया र एनडीटिभी प्रोफिट चलाउँछ। यस वर्षको मार्चमा, अडानी समूहले व्यापारको लागि डिजिटल प्लेटफर्म क्विन्टिलियनमा केही सेयर किनेको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार एएमजी मिडिया नेटवर्क लिमिटेडका सीईओ सञ्जय पुगलियाले एनडीटीभीको अधिग्रहणले सबै प्लेटफर्महरूमा मिडियाको नयाँ युगको लागि मार्ग प्रशस्त गर्ने बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व