नेभिगेशन
मनोरञ्जन

हेराफेरी निर्माता गफ्फारको निधन

मुम्बई– बलिउड निर्माता गफ्फार भाई नाडियाडवालाको निधन भएको छ । ९१ वर्षीया निर्माता नाडियाडवालाई हृदयघात भएको हो । उनको मुम्बईस्थित ब्रीच केन्डी अस्पतालमा भएको थियो । उनले कैयौं मल्टीस्टारर फिल्म निर्माण गरेका थिए । खासगरी मसालेदार फिल्ममा उनको विशेष रुची थियो । ६९ वर्षको करियरमा उनले ५० बढी फिल्म निर्माण गरेका थिए । उनले प्रदीप कुमार र दारा सिंह अभिनित फिल्म ‘महाभारत’ निर्माण गरेका थिए । यसबाहेक उनले ‘हेराफेरी’, ‘आवारा पागल दीवाना’ र ‘वेलकम’ जस्ता फिल्म निर्माण गरेका थिए । –अमरउजाला
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना