चेल्सीमाथि लिड्स युनाइटेडको उत्कृष्ट जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि ३–०को जित हात पारेको छ । लिड्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई लिड्सले पराजित गरेको हो । खेलको ३३औं मिनेटमा एरोन्सनले गोल गरेपछि लिड्सले अग्रता लियो । चार मिनेटपछि रोड्रिगोले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफको ६९औं मिनेटमा ह्यारिसनले गोल गरे भने ८४औं मिनेटमा कुलाबालीले रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा सीमित रहेर खेल टुंग्यायो । जितपछि लिड्सको ३ खेलबाट ७ अंक भएको छ भने समान खेल खेलेको चेल्सीको ४ अंक मात्र छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३९
प्रतिक्रिया दिनुहोस्