नेभिगेशन
जीवनयापन

प्रतिबन्धित औषधिसहित धनुषाबाट युवक पक्राउ

जनकपुरधाम - धनुषा प्रहरीले एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् । साहलाई जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डिएसआर ५९ पता, ४ हजार २८६ मूल्य बराबरको लिभ-सेट-५ लेखिएको औषधि ४७ पता र १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको प्रहरीको भनाइ छ । साहलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगञ्ज पठाइएको धनुषा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्